वैदेशिक रोजगार कार्यालयले आजबाट श्रम स्वीकृति दिने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वैदेशिक रोजगार कार्यालयले आजबाट श्रम स्वीकृति दिने


प्रशासन संवाददाता

१९ आश्विन २०७७, सोमबार


काठमाडौं । काठमाडौँको ताहाचल स्थित वैदेशिक रोजगार कार्यालयले आजबाट श्रम स्वीकृति दिने भएको छ ।

कार्यालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि गत बुधबारदेखि सेवा रोकिएको थियो । कर्मचारी संक्रमित भएपछि यसअघि कार्यालय खुल्ला राखिए पनि सेवा भने बन्द गरिएको थियो ।

वैदेशिक रोजगार विभागकाले प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी रोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस