२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वमुख्यसचिवलगायत प्रस्तावित तीन राजदूतको सुनुवाइ प्रक्रिया अगाडि बढाउन पत्राचार

अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषदबाट सिफारिस भएका तीन जना राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढ्ने भएको छ।

सरकारले संघीय संसद् सचिवालयमा पत्राचार गर्दै प्रस्तावित राजदूतको सुनुवाइ अगाडि बढाउन भनेको हो। संसदीय सुनुवाइ समितिमा आइतबार पत्र पुगेको छ।

मन्त्रिपरिषद्को गत असोज १५ को बैठकले प्रधानमन्त्रीका आर्थिक सल्लाहकारसमेत रहेका पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाका लागि राजदूत सिफारिस गरेको थियो। सोही दिन मुख्यसचिवबाट राजीनामा दिएका लोक दर्शन रेग्मीलाई सरकारले बेलायतका लागि राजदूत सिफारिस गरेको थियो।

असोज १५ मै सरकारले निर्मल कुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा सिफारिस गरेको थियो।

सरकारको सिफारिसअनुसार प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया अब अगाडि बढाइने संघीय संसद् सचिवालयले जनाएको छ।

समितिको बैठकले सिफारिसमा परेका राजदूत सम्बन्धमा उजुरी आह्वान गर्छ र उजुरी परेन भने सुनुवाइ अघि बढ्छ। यदि उजुरी परेमा प्रस्तावित राजदूतलाई अस्वीकृत गर्न दुई तिहाइ मत आवश्यक पर्छ ।