यस्तो छ आजको मौसम « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यस्तो छ आजको मौसम


१९ आश्विन २०७७, सोमबार


काठमाडौँ । मौसम पुर्वानुमान महाशाखाका अनुसार वंगालको खाडीको मध्य पश्चिम तथा उत्तर पश्चिम भागमा न्युन चापीय क्षेत्र रहेको छ ।

उक्त प्रभावकै कारण अहिले देशका प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश र प्रदेश न ५ का पुर्वी भागमा बदली भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा रातीसम्म हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस