विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको हरिनगरा-२ का ५० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट बुधबार बिहान मृत्यु भएको हो।
श्वास फेर्न गाह्रो भएको भन्दै पुरुषलाई उपचारका लागि असोज ९ गते अस्पतालको फोक्सो वार्डमा भर्ना भएका ति पुरुषको स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा सोमबार रिपोर्ट पोजेटिभ आएको थियो ।
कोरोना पुष्टि भएपछि नोबेलकै कोभिड अस्पतालको भेन्टिलेटरमा राखेर उपचारकै क्रममा बिहान ७:३० बजेतिर मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए।
मृतकमा उच्च रक्तचाप, ज्वरो र निमोनियाको समस्या रहेको र कोरोनासँगै फोक्सोमा फैलिएको संक्रमण नियन्त्रण गर्न नसक्दा संक्रमित पुरुषको मृत्यु भएको उनले जानकारी दिए।