जीप दुर्घटनामा चालकको मृत्यु « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

जीप दुर्घटनामा चालकको मृत्यु


१३ आश्विन २०७७, मंगलबार


मान्म । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–५ खल्ला खोलामा बलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

सुर्खेत जिल्ला भेरीगङ्गा नगरपालिका– १२ निवासी चालक २८ वर्षीय कर्णबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

सुर्खेतदेखि जुम्ला जाँदै गरेको लु२च २४१२ नम्बरको जीप सडकबाट अनियन्त्रित भई दुर्घटना भएको जनाइएको छ ।

कालीकोटका प्रहरी प्रमुख चन्दबहादुर शाहका अनुसार सहचालक सुर्खेत निवासी दीपक डाँगी घाइते भएको र स्थानीय मेडिकलमा उपचार भइरहेको छ । जीपमा ६ जना सवार रहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस