छत्रेश्वरी गाउँपालिकाका सबै वडा कार्यालयमा तालाबन्दी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

छत्रेश्वरी गाउँपालिकाका सबै वडा कार्यालयमा तालाबन्दी


१२ आश्विन २०७७, सोमबार


सल्यान । छत्रेश्वरी गाउँपालिकामा कार्यरत करार सेवाका कर्मचारीले सबै वडा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिदिएका छन् ।

आफूहरुको सेवाको समयावधि गाउँपालिकाले थप नगरेको जनाउँदै उनीहरुले तालाबन्दी गरेका हुन् । तालाबन्दी पछि सेवाप्रवाह समेत प्रभावित हुन पुगेको छ ।

करार कर्मचारी संघर्ष समितिका संयोजक दिलीप बोहराले भने ‘हामीले हाम्रा मागको सुनुवाई गर्नका लागि पटक पटक सम्बन्धित निकायसमक्ष कुरा पुर्‍याएका छौँ । ती निकायबाट हाम्रो मागको सुनुवाई नभएपछि बाध्यभएर तालाबन्दी गरेका हौ ।’

गाउँपालिका अध्यक्ष सन्तोष केसीले गाउँपालिकाले आवश्यकताका आधारमा करारमा कर्मचारी नियुक्त गरिएकोले नहटाउने जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस