२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवाहरु देशका आधारस्तम्भ हुन् : मुख्यमन्त्री पौडेल

अ+ अ-

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले युवा देशका आधारस्तम्भ भएको बताएका छन् ।

युवा परिषद्द्वारा आयोजित दोस्रो प्रदेश युवा सम्मेलनमा मुख्यमन्त्री पौडेलले युवाहरु नवीन चेतना र विचारका सम्वाहक एवं परिवर्तनका अग्रगामी दस्ता भएको उल्लेख गरे।

भिडियो सम्बोधनमार्फत उनले नेपालको राजनीतिक परिवर्तनमा युवाहरुले निर्वाह गरेको भूमिका आफैँमा अद्वितीय रहेको भन्दै युवाहरुको सङ्घर्ष, त्याग र बलिदानकै जगमा लामो समयदेखि विद्यमान राजनीतिक सङ्क्रमणकाल अन्त्य भई राष्ट्र समृद्धिको युगमा प्रवेश गरेको बताए ।

विगतमा राजनीतिक मुद्दाको उल्झनमा विकास र सम्बृद्धिको मुद्धा पछाडि परेको यथार्थ सबैमाझ छर्लङ्ग रहेको उनको भनाइ थियो ।

उनले संविधानका उपलब्धिलाई संस्थागत गर्दै जनतालाई परिवर्तनको अनुभूति गराउन हिजोका प्रवृत्ति र कायशैलीबाट उठेर नयाँ शिराबाट अघि बढ्नुको विकल्प नरहेको धरणा राखे । मुख्यमन्त्री पौडेलले सरकारले अँगाल्ने नीति तथा तय गरेका कार्यक्रमहरुले त्यसको झल्को दिन सक्नुपर्ने भन्दै प्रदेश सरकारका नीति तथा कार्यक्रम यसै दिशामा केन्द्रीत रहेको बताए ।

कोरोना महामारीका कारण हजारौं युवाहरु रोजगारीबाट विमुख भएको उल्लेख गर्दै उनले भने, ‘विदेशमा श्रम गर्न गएका युवाहरु फर्किनु परेकाले आश्रित परिवारमा जीविकाको चिन्ता र भय थपिएको छ । विदेशबाट फर्र्किएका युवालाई श्रम र उत्पादनमा जोड्दै तथा स्वदेशमै कर्म गरिरहेका युवालाई राहत तथा प्रोत्साहनका प्याकेजहरुमार्फत युवा पलायनलाई रोक्ने गरी योजना, कार्यक्रम ल्याउने छौँ ।’

मुख्यमन्त्री पौडेलले पछिल्लो समय पढे लेखेका तथा विषयविज्ञ युवाहरुसमेत राम्रो अवसरका लागि पलायन हुने समस्यालाई सम्बोधन गर्न उनीहरुको ज्ञान एवं विषय विज्ञतालाई स्वदेशमै उपयोग हुने अवस्था सिर्जना गर्नुपर्ने धारणा राखे । उनले अदक्ष एवं अर्धदक्ष युवालाई सीप विकास तालिमको अवसर प्रदान गरी स्वदेशमै रोजगारी सिर्जना गर्न प्रदेश सरकारले युवा लक्षित नीति तथा कार्यक्रममा जोड दिएको उल्लेख गरे ।