सेल्फ ग्राउन्ड ह्‍यान्डलिङ अनुमति खारेज गर्ने तयारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सेल्फ ग्राउन्ड ह्‍यान्डलिङ अनुमति खारेज गर्ने तयारी


११ आश्विन २०७७, आइतबार


नेपाल नागरिक उड्डयन प्राधिकरण

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले २ विदेशी एयरलाइन्सलाई दिँदै आएको सेल्फ ग्राउन्ड ह्‍यान्डलिङ अनुमति खारेज गर्ने तयारी गरेको छ।

प्राधिकरणले ग्राउन्ड ह्‍यान्डलिङलाई नियमन गर्ने निर्देशिकअनुसार मापदण्ड पुरा नभएको भन्दै दुई एयरलाइन्ससँग रहेको सेल्फ ग्राउन्ड ह्‍यान्डलिङ अनुमति खारेज गर्ने तयारी गरेको हो।

थाइ एयरवेज र एयर इन्डियाले आफ्ना जहाजको ग्राउन्ड ह्‍यान्डलिङ आफै गर्दै आएका छन्। यस्तो अनुमति पाउनका लागि निर्देशिककाअनुसार दक्ष जनशक्ति, मेशिनरी औजार तथा उपकरण, ५ करोड बराबरको बिमा गर्नुपर्ने व्यवस्था छ। त्यस्तै हप्तामा ३५ उडान गरेको हुनुपर्ने व्यवस्था रहेको छ। तर यी दुई एयरलाइन्सले यस्तो मापदण्ड पूरा नगरेका कारण उनीहरूलाई दिइएको अनुमति खारेज गरी नेपाल एयरलाइन्सबाटै ग्राउन्ड ह्‍यान्डलिङ सेवा लिन निर्देशन दिने प्राधिकरणले तयारी गरिरहेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार एयरलाइन्सले मापदण्ड पूरा गरे नगरेको बारे पत्र पठाउने तयारी भइरहेको र अनुगमन गरेर पुरा नगरेको भए अनुमति खारेज गरिने छ ।

उक्त दुई एयरलाइन्सले नेपालमा सेवा सुरु गरेदेखि नै आफ्नो ग्राउन्ड ह‍्यान्डलिङ आफै गर्दै आएको र सोही आधारमा प्रत्येक वर्ष प्राधिकरणले नवीकरण गर्दै आएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस