कंगोमा अधिकृतबाट सैनिक जवान कुटपिटबारे सेनाद्वारा छानबिन टोली गठन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कंगोमा अधिकृतबाट सैनिक जवान कुटपिटबारे सेनाद्वारा छानबिन टोली गठन


११ आश्विन २०७७, आइतबार


काठमाडौँ । कंगोस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका नेपाली सेनाका एक सिपाहीमाथि तीन जना अधिकृतबाट भएको भनिएको कुटपिटबारे सेनाले छानबिन थालेको छ ।

कंगोस्थित नेपाली सेनाको ब्यारेकमा ८ असोजमा सेनाका सिपाही नवराज माझीलाई मरणासन्न हुने गरी कुटपिट भएको थियो । घटनामा संलग्न भएको भनिएका सहसेनानी त्रय सुवास हुमागाईँ, योगेन्द्र धिताल र इन्द्र थापामाथि छानबिन थालिएको हो ।

सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलका अनुसार कंगोमा तैनाथ गणको जवान लाइनमा सैनिक आचरण र मर्यादा विपरीत भएको घटनामा संलग्न सबै जवान र अधिकृतमाथि नियमानुसार ज्येष्ठ सेनानीको नेतृत्वमा छानबिन प्रक्रिया कोर्ट मार्सल सुरु गरिएको छ । कंगोमा एउटा गण, एक इन्जिनियरिङ कम्पनी, १२ जना स्टाफ अफिसर र ११ जना सैनिक पर्यवेक्षक गरी सेनाका आठ सय ९८ जना कार्यरत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस