आज केही स्थानमा भारी वर्षाको सम्भावना « प्रशासन
Logo २४ भाद्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

आज केही स्थानमा भारी वर्षाको सम्भावना


११ आश्विन २०७७, आइतबार


काठमाडौँ । देशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान जारी गरेको मौसम बुलेटिनमा भारतको बिहारमा न्यून चापीय क्षेत्र कमजोर हुने क्रममा रहेको उल्लेख छ।

अहिले प्रदेश नं. १ मा पूर्णतया बदली बाँकी प्रदेशमा सामान्य बदली रहेको छ। आइतबार दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेघ गर्जनर चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एकर दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

राती प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रही एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

सोमबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरूमा आंशिक बदलीको सम्भावना रहेको छ। राती प्रदेश नं १ का एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

मंगलबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरूमा आंशिक बदलीको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस