कर्मचारीमा कोरोना देखिएपछि कञ्चनरुप नगरपालिका सिल « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कर्मचारीमा कोरोना देखिएपछि कञ्चनरुप नगरपालिका सिल


९ आश्विन २०७७, शुक्रबार


राजविराज । कञ्चनरुप नगरपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एक साताका लागि नगरपालिका कार्यालय सिल गरिएको छ ।

राजविराज नगरपालिका–१५ घर भइ हाल कञ्चनरुप नगरपालिका–८ बस्ने ४० वर्षीय कार्यालय सहयोगीमा बिहीबार कोरोना संक्रमण देखिएपछि नगरपालिकाको सबै सेवाहरु एक साताका लागि सिल गरिएको हो ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज खडकाले शुक्रबार एक सूचना जारी गर्दै असोज ९ गते देखि १५ गते सम्मका लागि कार्यालय सिल गरिएको जनाएका छन् । सूचनाअनुसार नगरपालिकाबाट प्रवाहा हुने शिक्षा स्वास्थ्य, कृषि, पशु लगायतका सबै सेवा बन्द गरिएको छ । नगरपालिकाको ८ बाट हुने सम्पूर्ण सेवा समेत बन्द गरिएको सूचनामा उल्लेख छ ।

संक्रमण पुष्टि भएका कार्यालय सहयोगीका २ छोरी र सँगै कार्यरत अर्का कार्यालय सहयोगीको पीसीआर परीक्षणका लागि शुक्रबार स्वाब संकलन गरिएको र नगरपालिकाका अन्य कर्मचारीको मङ्गलबार स्वाब संकलन गरिने खडकाले जानकारी दिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस