कर्मचारीमा कोरोना देखिएपछि स्वास्थ्य महाशाखा सिल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कर्मचारीमा कोरोना देखिएपछि स्वास्थ्य महाशाखा सिल


८ आश्विन २०७७, बिहिबार


सुर्खेत । कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा सिल गरिएको छ ।

कर्मचारीमा कोरोना देखिएपछि महाशाखा तीन दिनसम्म सिल गरिएको मन्त्रालयका सचिव लेखनाथ पौड्यालले जानकारी दिए।

असोज ८, ९ र १० गतेसम्म महाशाखा सिल गरिएको उनले जानकारी दिए। उनका अनुसार महाशाखामा कार्यरत एक जना कर्मचारीमा कोभिड–१९ संक्रमण पुष्टि भएको हो।

 

Tags :
प्रतिक्रिया दिनुहोस