बालुवाटारमा मन्त्रिपरिषद् पुनर्गठन बारे छलफल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बालुवाटारमा मन्त्रिपरिषद् पुनर्गठन बारे छलफल


८ आश्विन २०७७, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् पुनर्गठन र संवैधानिक नियुक्तिबारे छलफल भइरहेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिच बालुवाटारमा भेटघाट जारी छ ।

सचिवालयका सबैजसो नेताहरूले आ-आफ्ना धारणा राखिसकेपछि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य थालिसकेका छन् ।

सचिवालय बैठकमा दुई वर्षे अवधि पुगेकालाई बिदा दिने, प्रधानमन्त्रीबाहेक सबै मन्त्रीहरूलाई बिदा दिएर आवश्यक ठानिएकालाई पुनर्नियुक्ति दिने, मन्त्रालय फुटाउने र रिक्त रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्नेलगायत तीन वटा विकल्पमा छलफल भएको थियो ।

भाग पु¥याउनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय फुटाएर ऊर्जा र जलस्रोत तथा सिँचाइ मन्त्रालय अलगअलग बनाउने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाएर वाणिज्य तथा आपूर्ति मन्त्रालय अलग्गै बनाउने विकल्पका बारेमा पनि छलफल भएको थियो । छलफलकै क्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय फुटाएर संघीय मन्त्रालय र सामान्य प्रशासन मन्त्रालय बनाउने चर्चा पनि उठेको थियो ।

पार्टीको राय, सुझाव लिई सकेकोले पनि यी सबै अधिकार प्रधानमन्त्री ओलीमा निहित छ । दुई अध्यक्षको आजको छलफलले पार्टी एकताका बाँकी, थाति रहेका कामलाई पूर्णता दिने विषयमा पनि गृहकार्य गर्ने बुझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस