काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु


प्रशासन संवाददाता

६ आश्विन २०७७, मंगलबार


काभ्रेपलाञ्चोक । कोरोना भाइरस सङ्क्रमणका कारण काभ्रेमा थप एक जनाको मृत्यु भएको छ ।

पनौती नगरपालिका–५ चौकोटको एक महिलाको धुलिखेल अस्पतालमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो ।

५० वर्षीया ती महिलाको कोरोना सङ्क्रमणपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा १९ दिनपछि मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाले बताए ।

उनका अनुसार आमाशयको क्यान्सर रोगी महिला धुलिखेलमा उपचार गर्न आउनुअघि काठमाडौँ मेडिसिटी अस्पतालमा ‘केमो’ लिने गर्दै आएकि थिइन् ।

हालसम्म काभ्रेपलाञ्चोकको पनौती नगरपालिकाका दुई, पाँचखाल नपाका एक र धुलिखेल नपाका दुईको मृत्यु भएको हो । नेपालमा कोरोना भाइरसबाट पहिलोपटक काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोकको २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो ।

हालसम्म काभ्रेपलाञ्चोकका ४६९ मा कोरोना सङ्क्रमण देखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस