बोगटान फुड्सिल गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बोगटान फुड्सिल गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग


५ आश्विन २०७७, सोमबार


डोटी । समान पहुँच विकास केन्द्र(सिड) नेपालले डोटीको बोगटान फुड्सिल गाउँपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

कोभिड-१९ को प्रतिकार्यका लागि स्थानीय तहले अग्रपङ्क्तिमा रहेर काम गर्नु परेकोले काम गर्न सहजता र सुरक्षित होस भन्ने हेतुले स्वास्थ्य सामग्री सहयोग गरेको समान पहुँच विकास केन्द्र डोटीका अध्यक्ष शेर बहादुर मल्लले जानकारी दिए ।

संस्थाको कार्यक्षेत्र समेत रहेको गाउँपालिकालाई संस्थाले १४ थान पि.पि सेट, ९ हजार थान सर्जीकल मास्क, ५ हजार थान सर्जीकल ग्लोव्स ५ हजार थान इक्जाइमिनेशन ग्लोव्स, ५ सय थान प्ल्ढछ मास्क, ३ सय थान सेनिटाइजर, र २ सय थान वाटरगार्ड सहयोग गरेको परियोजना संयोजक नरेन्द्र रोकायाले बताए ।

युनाइटेड मिसन टु नेपाल डोटी कलस्टरको साझेदारीमा संचालित सक्षम डिल परियोजना अन्तरगत गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको समेत रोकायाले बताए ।

दसैँ तिहार नजिकिँदै गर्दा भारत तथा तेस्रो मुलुकबाट स्थानियहरु घर आउने भएकाले त्यस समयमा व्यक्तिगत सुरक्षा सामाग्री आवश्यक पर्ने बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गडसिलाले बताए । उनले भारत लगायत अन्य मुलुकबाट आउने नागरिकहरूलाई व्यवस्थापन गर्न पूर्व तयारी गरिरहेका समेत बताए ।

कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामाग्री सहयोग गरेकामा सिड नेपाललाई धन्यवादका साथै संस्थाका सबै कार्यक्रममा गाउँपालिकाको पूर्ण सहयोग रहने समेत अध्यक्ष गडसिलाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस