कोरोना संक्रमणबाट बाँकेमा एक कैदीबन्दीको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोरोना संक्रमणबाट बाँकेमा एक कैदीबन्दीको मृत्यु


प्रशासन संवाददाता

५ आश्विन २०७७, सोमबार


सुर्खेत । कोरोना भाइरसको संक्रमणबाट बाँकेमा एक कैदीबन्दीको मृत्यु भएको छ ।

सुर्खेतको गुर्भाकोट नगरपालिका-४, सहारे निवासी ५८ बर्षीय पुरुषको भेरी अस्पतालमा उपचारको क्रममा आज बिहान ६ः२५ मा मृत्यु भएको जन स्वास्थ्य कार्यालय बाँकेका प्रमुख नरेश श्रेष्ठले जानकारी दिए ।

ती पुरुषमा लामो समयदेखि दम र श्वास प्रश्वासको गम्भिर समस्या रहेको श्रेष्ठले जानकारी दिए । उनलाई प्रदेश अस्पताल सुर्खेतबाट थप उपचारका लागि नेपालगञ्ज ल्याइएको थियो ।

सुर्खेत कारागारमा कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका उनी भदौ २१ गते अस्पताल भर्ना भएका थिए भने भदौ २२ गते कोरोना पुष्टि भएको थियो ।

दीर्घरोगी भएका कारण सुर्खेतबाट थप उपचारका लागि नेपालगञ्ज पठाइएको सुर्खेत कारागारका जेलर लक्ष्मी खरेलले जानकारी दिइन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस