२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले अल्जाइमर पीडित ज्येष्ठ नागरिकलाई वार्षिक एक लाख दिँदै आएको छ : पार्वत गुरुङ

अ+ अ-

कठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अल्जाइमर रोगबाट पीडित ज्येष्ठ नागरिकलाई सरकारले वार्षिक एक लाख आर्थिक सहयोग गर्दै आएको बताएका छन् । ‘२७ औँ विश्व अल्जाइमर्स चेतना दिवस’ को अवसरमा शुभकामना दिँदै मन्त्री गुरुङले पीडितहरूलाई सरकारले आर्थिक सहयोग पनि गर्दै आएको बताएका हुन् ।

‘यस रोगबाट प्रभावित ज्येष्ठ नागरिकहरूको लागि उपयुक्त स्वास्थ्य सेवाको प्रबन्ध मिलाउने दिशातर्फ सरकार दृढ रहेको छ । सीमित स्रोत र साधनलाई अधिकतम उपयोग गर्दै यस रोगबाट पीडित ज्येष्ठ नागरिकलाई सरकारले वार्षिक रूपमा एक लाख आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ’, मन्त्री गुरुङको शुभकामना सन्देशमा भनिएको छ, ‘ज्येष्ठ नागरिकहरूलाई स्वस्थ, सुखी र सम्मानित एवं सुरक्षित वातावरण सृजना गर्न तथा उनीहरूको ज्ञान, सीप र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गरी ‘समृद्ध नेपालः सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गराउने काममा विभिन्न नीति तथा कार्यक्रम तर्जुमा गरी प्रभावकारीरुपले कार्यान्वयन गराउनेतर्फ मन्त्रालय सधैँ क्रियाशील रहेको छ ।’

हरेक वर्ष २१ सेप्टेम्बरको दिनलाई विश्व अल्जाइमर्स चेतना दिवसको रूपमा मनाइँदै आएको छ । विभिन्न कार्यक्रमको आयोजना गरेर दिवस मनाइरहँदा अल्जाइमर्स रोगको बारेमा आम–नागरिकलाई सुसूचित गराउनु सबैको प्रमुख दायित्व भएको मन्त्री गुरुङको भनाइ छ । यो रोग सबै उमेर समूहमा लाग्ने भएतापनि विशेष गरी ज्येष्ठ नागरिकहरू र दीर्घ रोगीहरू बढी मात्रामा प्रभावित हुने गरेको तथ्याङ्कहरूले देखाएका छन् ।

नेपालीहरूको औसत आयुमा वृद्धि भई बुढ्यौली उमेरका नागरिकको सङ्ख्या बढिरहँदा यो रोगबाट ग्रसित हुनेको सङ्ख्या पनि बढ्दो क्रममा छ । यस रोग बारे जनमानसमा रहेको भ्रम र अज्ञानता हटाउने, रोगको प्रकृति, उपचार पद्धति, रोगीलाई दिइनु पर्ने उचित स्याहार सुसार, उपयुक्त खानपानको व्यवस्था लगायतको विषयमा जनचेतना जगाउने अभियान सञ्चालन गर्नुपर्ने आवश्यक रहेको उनले बताए ।

यस वर्ष विश्व अल्जाइमर्स सङ्गठनले तय गरेको ‘लेट्स टक अबाउट डिमेन्सिया’ अर्थात् डिमेन्सिया रोग बारे चर्चा गरौँ” भन्ने नारालाई सार्थक पार्न सबै मिलेर कार्यान्वयनमा ल्याउनु पर्ने मन्त्री गुरुङको भनाइ छ ।

‘हाल कोभिड–१९ को महामारीबाट विश्व नै आक्रान्त भइरहेको अवस्थामा विशेष गरी अल्जाइमर्स रोगबाट प्रभावित ज्येष्ठ नागरिकहरू एवं दीर्घ रोग लागेका व्यक्तिहरूमा महामारीको जोखिम तथा मृत्युदर उच्च रहेको कुरा तथ्याङ्कहरूले देखाएका छन् । अतः रोगबाट बच्न स्वास्थ्य सुरक्षाका उपायहरू अवलम्बन गराउन व्यक्ति, परिवार, समुदायलगायत सम्बद्ध सबै पक्षको सहयोगको अपेक्षा गर्दै स्वस्थ रहन सबै ज्येष्ठ नागरिक समक्ष हार्दिक अपिल गर्दछु’ शुभकामना सन्देशमा भनिएको छ ।