बितेको २४ घण्टामा कोरोनाबाट विश्वमा ५ हजार ६२० को मृत्यु, मृतकको संख्या ९ लाख ५४ हजार नाघ्यो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बितेको २४ घण्टामा कोरोनाबाट विश्वमा ५ हजार ६२० को मृत्यु, मृतकको संख्या ९ लाख ५४ हजार नाघ्यो


एजेन्सी

५ आश्विन २०७७, सोमबार


काठमाडौं । बितेको २४ घण्टामा विश्वमा ५ हजार ६२० कोरोना संक्रमितको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अघिल्लो २४ घण्टामा ५ हजार ३६१ कोरोना संक्रमितको मृत्यु भएको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ९ लाख ५४ हजार ४१७ जनाको मृत्यु भइसकेको छ ।

संक्रमितको संख्या ३ करोड ६ लाख ७५ हजार ६७५ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस