चितवनमा कोरोना संक्रमणबाट ३१ वर्षीय युवकको मृत्यु « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

चितवनमा कोरोना संक्रमणबाट ३१ वर्षीय युवकको मृत्यु


प्रशासन संवाददाता

२ आश्विन २०७७, शुक्रबार


चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमित युवकको मृत्यु भएको छ ।

पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर ११ निवासी ३१ वर्षीय एक पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डा.दयाराम लम्सालका अनुसार उनमा २६ गते कोरोना पुष्टि भएको थियो ।

सघन उपचार कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनको गएराति १२ बजेर १८ मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक लम्सालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस