Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मध्यम तथा लामो दूरीमा १५ प्रतिशत सवारीसाधन


१ आश्विन २०७७, बिहिबार


काठमाडौं । मध्यम तथा लामो दूरीमा दिनभरमा आज झण्डै १५ प्रतिशत सवारीसाधन सञ्चालन भएका छन् ।

मध्यम तथा लामो दूरीमा सवारीसाधन सञ्चालन भएको पहिलो दिन कम सङ्ख्यामा मात्रै बस सञ्चालन भएका हुन् ।

कोभिड–१९ को रोकथामका लागि सरकारले पहिलो पटक गत चैतमा जारी गरेको बन्दाबन्दीदेखि सार्वजनिक सवारीसाधन ठप्प थिए । सरकारले गत असार र साउनमा एक जिल्ला ९९ भित्र मात्रै सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको थियो ।

सवारीधनी र मजदूरले आज बिहान विश्वकर्मा पूजा गरेर बस सञ्चालन गरेका थिए । पहिलो दिन भएकाले सडकमा यात्रु पनि कम सङ्ख्यामा निस्केको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताए ।

अधिकांश सवारीसाधन काठमाडौँ उपत्यका बाहिर भएकाले पनि आज कम मात्रै सञ्चालनमा आएको हो । कोभिड-१९ को त्रास भए पनि आगामी दिनमा बिस्तारै सवारीसाधन र यात्रु बढ्ने उनको भनाइ छ । उनले भने, ‘अबका दिनमा दिन प्रतिदिन यात्रु बढ्ने छन् ।’

सरकारले अहिलेसम्म सार्वजनिक यातायातका लागि स्वास्थ्यसम्बन्धी कार्यबिधि बनाइसकेको छैन । लामो र मध्यम रुटमा बीचमा रोक्ने स्थान, खाजा र खाना खाने स्थानलगायतका कुरामा अझै स्पष्ट छैन । सबै चालक, सहचालक, यात्रुलाई यात्राका क्रममा स्वास्थ्य सावधानी अपनाउन महासंघले अनुरोध गरेको छ । चालक तथा सहचालक दुवैलाई माक्स, पञ्जा र सेनेटाइजर तथा सहचालकलाई फेस भाइजरको प्रयोग अनिवार्य गरिएको छ ।

त्यस्तै, महासङ्घले यात्रुलाई बस चढ्दा, ओर्लदा र खाना तथा खाजा खाने समयमा भीडभाड नगर्न अनुरोध गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयका आधारमा आजदेखि मध्यम र लामो दूरीका सवारीसाधन सञ्चालनमा आएका हुन् । यातायात व्यवसायी र मजदूरका संघ/सङ्गठनले पटक–पटक सरकारलाई सबै रुटमा सवारीसाधन सञ्चालनको अनुमति दिन अनुरोध गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस