२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन बोर्डको चाडपर्व फोटो प्रतियोगिता

अ+ अ-

काठमाडौं । नेपाल पर्यटन बोर्डले चाडपर्वको सन्दर्भलाई लक्ष्य गर्दै चाडपर्व फोटो प्रतियोगिता आयोजना गरेको छ ।

चाडपर्वका समयमा विगतका दिनमा जस्तो रमाइलोसँग समय बिताउन नपाएको क्षणमा पनि केही सकारात्मकता र केही सिर्जनशिलता समिश्रण गराई चाडपर्वको रौनक अनुभूति गराउने उद्देश्यका साथ चाडपर्व फोटो प्रतियोगिता आयोजना गरिएको बोर्डले जनाएको छ ।

प्रतियोगितामा नेपालको कुनै पनि चाड वा गतिविधि तथा केही पनि सान्दर्भिक तस्बिर अनलाइनबाट पठाउन सकिनेछ । सहभागीले आगामी मङ्सिर १० गतेसम्म फोटो पठाइसक्नुपर्नेछ । बोर्डको फोटो अभियानको साइट HTTPS: PHOTONEPAlTRAVEl मार्फत प्रतियोगितामा सहभागी हुन सकिनेछ ।

उत्कृष्ट पाँच सहभागीले जनही रु दश हजार नगद पुरस्कार प्राप्त गर्ने बोर्डले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले विगतका फोटो प्रतियोगितामा देखिएको उत्साहजनक सहभागिताका कारण यसपटकको फोटो प्रतियोगितालाई फोटो सिरिज प्रतियोगिताका रुपमा गरिएको बताए ।

सहभागी हुन प्रत्येक सहभागीले कम्तीमा सात भिन्नाभिन्नै फोटो पठाउनु पर्नेछ । यसले नेपाली चाडपर्वको विराटतालाई अनुभुति गराई फोटोमार्फत देशको पर्यटन प्रवर्द्धन गर्ने साझा अभियानलाई बृहत् बनाउने अपेक्षा गरिएको छ ।

पर्यटन बोर्डले चार वर्षअघिदेखि फोटोका माध्यमबाट देशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नियमित ह्यास फोटो नेपाल प्रदर्शनी गर्दै आएको थियो । फोटो नेपाल फेब्रुअरी २०१६ मा टोनी हेगनको फोटो प्रदर्शनीसँगै शुरु भएको थियो । बोर्डका अनुसार देश चिनाउने फोटो प्रदर्शनी चार वर्षदेखि निरन्तररुपमा भइरहेको छ । यस अभियानलाई अझ व्यापक बनाउन फोटो नेपाल डट ट्राभल शुरु गरिएको हो । हाल यसमा ११ हजार बढी सदस्यका २५ हजार फोटो सङ्गृहीत छन् ।