कर्मचारीमा कोरोना देखिएपछि नलगाड नगरपालिका सिल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कर्मचारीमा कोरोना देखिएपछि नलगाड नगरपालिका सिल


प्रशासन संवाददाता

३० भाद्र २०७७, मंगलबार


जाजरकोट । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जाजरकोटको नलगाड नगरपालिका एक हप्ताका लागि सिल गरिएको छ ।

नगरपालिकाका तीन जना कर्मचारीमा कोरोना भाइरस पोजिटिभ देखिएपछि आगामी असोज ५ गते सम्मका लागि नगरपालिका सिल गरिएको हो ।

संक्रमित कर्मचारीलाई आइसोलनमा राखेर उपचार गरिएको छ । कोरोना संक्रमण फैलन सक्ने भन्दै एक हप्ताका लागि नगरपालिकाको सबै कामकाज बन्द गरिएको छ ।

जाजरकोटमा हालसम्म ६४ जना कोरोना संक्रमित छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस