सांसद प्रेम सुवाल कोरोनामुक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सांसद प्रेम सुवाल कोरोनामुक्त


प्रशासन संवाददाता

२९ भाद्र २०७७, सोमबार


काठमाडौं । सांसद प्रेम सुवाल कोरोना संक्रमण मुक्त भएका छन्। गत भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएका नेपाल मजदुर किसान पार्टीका सचिवसमेत रहेका सांसद सुवाल १३ दिनको होम आइसोलेसनपछि सोमबार कोरोना मुक्त भएका हुन्।

सांसद सुवालको शनिबार स्वाब परीक्षणका लागि च्याम्हसिंहस्थित जनस्वास्थ्यमा नमुना लिएको थियो। त्यसको नतिजा नेगेटिभ आएको सांसद सुवालले बताए।

आफ्ना नजिकका एक साथीलाई कोरोना संक्रमण पुष्टि भएपछि शंका लागि उनले गत भदौ १५ गते स्वाब दिएर परीक्षण गराएका थिए। उनमा कोरोना संक्रमण देखिए पनि कुनै लक्षण देखिएको थिएन।

सामान्य अवस्थामा होम आइसोलेसनमा बस्दा जिल्ला आयुर्वेद औषधालयका चिकित्सकको सल्लाह र परामर्शमा एकथरी औषधि सेवन गरेको उनले बताए। अन्य नियमित साधारण खाना र बढीजसो झोल पदार्थ सेवन गरेको उनले जानकारी दिए।

कोरोना संक्रमण मुक्त भए पनि चिकित्सकको परामर्शअनुसार केही दिन घरमै आराम गर्ने उनले बताए।

 

Tags :
प्रतिक्रिया दिनुहोस