महामारीको त्रासबाट बचाउन सचेतनाका कार्यक्रम आवश्यक : मुख्यमन्त्री राई « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

महामारीको त्रासबाट बचाउन सचेतनाका कार्यक्रम आवश्यक : मुख्यमन्त्री राई


२९ भाद्र २०७७, सोमबार


इलाम । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले महामारी सिङ्गो मानव जातिको नै समस्या भएकाले सचेत रहेको विकल्प नरहेको बताएका छन् । बाल दिवसका अवसरमा मानव अधिकार मञ्चको आयोजनामा भिडियो कन्फ्रेन्समार्फत शुभकामना दिदै मुख्यमन्त्री राईले भने, ‘विश्व नै भयावह छ, यसबाट बालबालिका बढी प्रभावित भएका छन्’ ।

मुख्यमन्त्रीले विद्यालय बन्द भएका कारण बालबालिका पढाइबाट वञ्चित रहेको भन्दै दुःख व्यक्त गरे । उनले पछिल्लो समय ससंघीय सरकारसमेत बालबालिकाको क्षेत्रमा सचेतनात्मक कार्यक्रम ल्याएको बताए । बालबालिकालाई महामारीको त्रासबाट बचाउन सचेतनाका कार्यक्रम ल्याउन मुख्यमन्त्री राईले अनुरोध गरे ।

उनले कोरोना महामारीसँग लड्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । महामारीसँग जुध्न सबै नागरिकको भूमिका बराबर हुने उल्लेख गर्दै मुख्यमन्त्रीले महामारीलाई अवसरको रूपमा लिएर अघि बढ्न सबैलाई आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस