मन्त्रिपरिषद् बैठक साँझ ५ बजे : प्राधिकरणमा पुनः कुलमानकै नियुक्ति होला त ? « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

मन्त्रिपरिषद् बैठक साँझ ५ बजे : प्राधिकरणमा पुनः कुलमानकै नियुक्ति होला त ?


प्रशासन संवाददाता

२९ भाद्र २०७७, सोमबार


काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ। बैठक साँझ ५ बजे बस्ने छ ।

आजको बैठकबाट नेपाल विद्युत् प्राधिकरणको प्रमुख नियुक्तिबारे निर्णय, सरकारको प्रवक्ता तोक्ने र वामदेव गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गर्ने तयारी भएको स्रोतले बताएको छ ।

बैठकमा ऊर्जामन्त्री वर्षमान पुनले विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई नियुक्तिको लागि प्रस्ताव लैजाने तयारी गरेका छन्।

स्रोतका अनुसार कुलमानलाई पुनः नियुक्ति गर्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइसकेको छ।

कुलमानको चार वर्षे कार्यकाल भदौ २८ गतेदेखि सकिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस