बाढी प्रभावित बालबालिकालाई पाँच हजार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बाढी प्रभावित बालबालिकालाई पाँच हजार


२८ भाद्र २०७७, आइतबार


सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा बाढी प्रभावित पाँच वर्ष मुनीका ५१ बालबालिकालाई आज राहत स्वरुप पाँच हजार रुपैयाँ वितरण गरिएको छ ।

तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीका ५१ जना बालबालिकालाई जनही गाउँपालिका अध्यक्ष सतिशकुमार सिंह र वडा नम्बर १ का वडा अध्यक्ष दिनेश्वर मिश्रले राहत रकम हस्तान्तण गरेका छन् ।

युनिसेफको सहयोगमा सञ्चालित विपद्को समयमा सामाजिक संरक्षण कार्यक्रमअन्तर्गत प्रति बालबालिका पाँच हजार रुपैयाँका दरले वितरण गरिएको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए । सो राहत रकम वितरण गर्दै गाउँपालिका अध्यक्ष सिंहले राहत रकम घरखर्चमा नभई बालबालिकाको हितमा खर्च गर्न आग्रह गरे ।

खाँडो खोलाको बाढीले वर्षेनी बेल्ही गाउँ प्रभावित बन्दै आएको छ । यस्तै महुली, जिता खोला र सप्तकोशी नदीको सिपेजका कारण वडा नम्बर ४ कोइलाडी र वडा नम्बर ५ कोइलाडी बर्साइन प्रभावित बन्दै आएको छ । कोइलाडी र कोइलाडी बर्साइनका बाढी प्रभावितलाई समेत उक्त राहत रकम वितरण गरिने कार्यक्रम अधिकृत झाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस