बागलुङमा पनि पहिरो : तीन घर पुरिए, एकको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बागलुङमा पनि पहिरो : तीन घर पुरिए, एकको मृत्यु


प्रशासन संवाददाता

२८ भाद्र २०७७, आइतबार


बलेवा । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा पहिराले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घर माथिबाट आएको पहिराले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो ।

उनका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या गम्भीर घाइते भएका छन्। पाध्यालाई स्थानीयवासीले उद्धार गरेका थिए । उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा लगिएको छ । बागलुङ–कुश्मीशेरा सडक निर्माणका क्रममा लगाइएको तारजालीसहितको पहिराले टुनीबोटका तीन घरमा क्षति पुर्याएको स्थानीयवासी केदार पौडेलले बताए ।

आज बिहान ५ बजे खसेको पहिराले तीनै घरका गोठमा समेत क्षति पुर्याएको छ । पहिराको थप विवरण आउन बाँकी छ । प्रहरी चौकी कुश्मीशेराको टोली घटनास्थलमा पुग्दै गरेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस