आज मान्छे ! « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आज मान्छे !


२७ भाद्र २०७७, शनिबार


संसार मुठ्ठीमा राख्ने मान्छे आज आफ्नै मुठ्ठीसँग डराइरहेछ
लोककै शक्तिशाली मान्छे आज आफ्नै घरभित्र हराइरहेछ ।

मै हुँ जान्ने बुझ्ने मै हुँ सर्वज्ञाता अरू सब हुन् मेरा अवयवहरू
मान्छेको यही अहङ्कारले आज सारा सृष्टि जगत् चहराईरहेछ ।

आज आफ्नै लागि खाडल खनिरहेको छ मान्छे आफ्नै सहरमा
खाडलमा पुगेपछि बल्ल मान्छे पश्चात्तापको पीडाले बर्बराईरहेछ ।

आँखाले देख्ने जतिलाई जितेर सकेँ भन्ने लागेकै हो मान्छेलाई
एउटा नाथे भाइरसले हेर आज मान्छेलाई कसरी लडाइरहेछ ।

शिक्षा लिनु मनुष्य जगत् सन्तुलन गरौँ सब थोक अमूल्य छन्
जोगाऊँ यो सुन्दर प्रकृति भावी पुस्ता हेर हाम्रै हात डोर्याईरहेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस