कीर्तिपुरमा घरबेटीको कुटाइबाट एक जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कीर्तिपुरमा घरबेटीको कुटाइबाट एक जनाको मृत्यु


२६ भाद्र २०७७, शुक्रबार


काठमाडौं । कीर्तिपुरमा घरबेटीको कुटपिटबाट भाडामा बस्ने एक जनाको मृत्यु भएको छ।

कीर्तिपुर नगरपालिका– ७ मा ६६ वर्षका प्रेमलाल महर्जनले आफ्नै घरमा डेरा गरी बस्दै आएका ४८ वर्षका शम्भु चौधरीलाई बाँसको भाटाले हिर्काएर हत्या गरेको बताइएको छ ।

स्थानीयहरुका अनुसार निजको कुटपिटबाट मृत्यु भएको भन्ने आधारमा प्रहरीले छानविन अगाडि बढाएको छ।

स्थायी घर बारा भएका चौधरी दमका रोगी रहेका महानगरीय प्रहरी प्रभाग कीर्तिपुरका डीएसपी रुकेश तण्डुकारले बताए । उनले भने, ‘कुटेर मारेको जस्तो त देखिँदैन, चोटपटक पनि कतै देखिँदैन, यसबारे हामीले अनुसन्धान गरिरहेका छौं।’

उनले घटनाबारे पोस्टमार्टमपछि मात्र थाहा हुने बताए। घरबेटी प्रेमलाल महर्जनलाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको छ। महर्जनमाथि थप अनुसन्धान भइरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस