सेनापतिको दोस्रो वर्ष गाँठ : सकारात्मक सुधारका लागि गरेका प्रयासहरूको उच्च प्रशंसा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सेनापतिको दोस्रो वर्ष गाँठ : सकारात्मक सुधारका लागि गरेका प्रयासहरूको उच्च प्रशंसा


प्रशासन संवाददाता

२४ भाद्र २०७७, बुधबार


काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले सकारात्मक सुधारका लागि सहकर्मीले गरेका प्रयासहरूको उच्च प्रशंसा गरेका छन् । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दुई वर्ष पुरा भई तेस्रो वर्ष प्रारम्भ भएको अवसरमा बुधवार सकल दर्जालाई गरेको सम्बोधनका क्रममा सो कुरा उल्लेख गरेका हुन् ।

सम्बोधनमा प्रधानसेनापति थापाले भनेका छन् आजको यस मञ्चबाट म सबै सहकर्मीहरूलाई विगतका वर्षमा तपाईँहरूले सकारात्मक सुधारका लागि गर्नुभएका प्रयासहरूको पुनः उच्च प्रशंसा गर्दछु ।

पुनर्स्थापित गर्दै लगिएका प्रणालीहरूलाई गुण–दोषका आधारमा समयानुकूल सुधार गर्दै लैजानका लागि तपाईँहरू सबैलाई आफ्नो अन्तर हृदयदेखि सङ्गठन र राष्ट्रप्रति बफादारी र समर्पण भावका साथ उच्च नैतिकता, सैनिक आचरण र पूर्ण रूपमा अनुशासित भई लागी पर्न म विशेष अनुरोध गर्दछु ।

आगामी दिनहरूमा पनि तपाईँहरूबाट निरन्तर सिर्जनात्मक राय सुझावको अपेक्षा राखेको छु, थापाले भने, नेपाली सेनालाई व्यावसायिक, एकताबद्ध र अनुशासित सङ्गठनका रूपमा अगाडी बढाउन निरन्तर अमूल्य राय सुझाव पठाई सहयोग गर्नुहुन म तपाईँहरू सबैलाई अनुरोध गर्दछु

हेर्नुहोस् पूर्ण पाठ

Tags :
प्रतिक्रिया दिनुहोस