२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँका ९ पालिकामा हट्यो निषेधाज्ञा

अ+ अ-

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले यहाँका १० पालिकामध्ये भानु नगरपालिकाबाहेक अन्य सबै पालिकामा लगाइएको निषेधाज्ञा हटाइएको छ ।

भानु नगरपालिकाको १३ वटै वडामा भदौ २४ देखि भदौ मसान्तसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ ।

कोभिड–१९ समुदायस्तरमा फैलिदै गएको र नियन्त्रणमा नआएकाले भानु नगरपालिकामा निषेधाज्ञालाई निरन्तरता दिइएको हो । यसअघि नगरपालिका क्षेत्रमा भदौ १ गते देखि २४ गतेसम्मको लागि निषेधाज्ञा जारी गरिएको थियो । जिल्लाका अन्य नौ पालिकामा भने निषेधाज्ञा र बन्दाबन्दी हटेको छ । बन्दाबन्दी हटे पनि सजगता भने अपनाउन भनिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए ।

जिल्लाको व्यास नगरपालिका, भिमाद, शुक्लागण्डकी नगरपालिका र देवघाट, आँबुखैरेनी, म्याग्दे, ऋषिङ, घिरिङ र बन्दिपुर गाउँपालिकामा यसअघि गरिएको निषेधाज्ञा तथा बन्दाबन्दी हटाइएको छ । नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेर मात्र व्यापार व्यवसाय सञ्चालन गर्न निर्देशन गरिएको छ । व्यास नगरपालिकामा भने निषेधाज्ञा हटाइए पनि व्यापार व्यवसाय सञ्चालन गर्न बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म र बन्दिपुर गाउँपालिकामा बिहानदेखि दिउँसो २ बजेसम्म अनुमति प्रदान गरिएको प्रजिअ आचार्यले बताए ।

राष्ट्रिय राजमार्गमा संञ्चालन हुने सवारी साधान, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सामाजिक दूरी कायम गरी औषधि, खाद्य, फलफूल, तरकारी र दुग्धजन्य, एम्बुलेन्स, शवबाहन, खाद्य ढुवानी, कुखुराका चल्ला, माछा मासु, तरकारी, इन्धन बोकेका सवारी साधान, कुटनीतिक नियोग, झण्डावाला सवारी, सरकारी नम्बर प्लेट, सञ्चारकर्मीको सवारी साधान र प्रशासन कार्यालयबाट जारी सवारी पासलाई भने निर्वाधरुपमा सञ्चालन गर्न पाइने छ । त्यसैगरी बैक तथा वित्तीय संस्थाबाट प्रदान गरिने बाह्य सेवाहरु, सामाजिक सङ्घसंस्थाले सञ्चालन गर्ने कोभिड-१९ नियन्त्रण एवं स्वास्थ्य सुरक्षाबाहेक अन्य कार्यहरु, उद्योग कलकारखाना र अन्य व्यवसायहरु भने सञ्चालन गर्न निषेध गरिएको छ ।