हिरासतमा मृत्यु प्रकरण : एसपीसहित ६ प्रहरीविरुद्ध जाहेरी दर्ता « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

हिरासतमा मृत्यु प्रकरण : एसपीसहित ६ प्रहरीविरुद्ध जाहेरी दर्ता


२४ भाद्र २०७७, बुधबार


रौतहट । थुनामा रहेका बेला युवकको मृत्यु भएको घटनामा पीडित परिवारले रौतहटका तत्कालिन जिल्ला प्रहरी प्रमुखसहित ६ जनाविरुद्ध जाहेरी दिएको छ ।

मृतक विजय महराको बाबु पनिलालले यातना र ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न रौतहटका तत्कालीन प्रहरी प्रमुख एसपी रविराज खड्का सहित ६ प्रहरीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा जाहेरी दिएका हुन्।

हिरासतमा यातना दिएको भन्दै इलाका प्रहरी कार्यालय गरुडाका तत्कालीन डीएसपी ज्ञानकुमार महतो, जिल्ला प्रहरीका ईन्स्पेक्टर नविनकुमार सिंह, सई वीरेन्द्र यादव, प्रहरी हवल्दार हिरोज मियाँ धुनियाँ र मुन्ना सिंहविरुद्ध जाहेरी दर्ता भएको हो ।

आरोप लागेका प्रहरी प्रमुख खड्का हेडक्वाटर, डीएसपी महत्तो जनकपुर तानिएका थिए भने प्रहरी निरीक्षक सिंह र दुई हवल्दार निलम्बनमा परेका थिए ।

जाहेरी जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पठाएको जानकारी दिएको छ । हिरासतमा प्रहरीले दिएको यातनाबाट गम्भीर बिरामी परेका बिजयको भदौ १० गते उपचारको क्रममा वीरगन्जमा मृत्यु भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस