२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तरकारी खेती : विदेशमा भन्दा स्वदेशमा कमाइ बढी

अ+ अ-

लुम्बिनी । जीवनको केही समय मलेसियामा पसिना बगाउँदै बिताए पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका जर्नादनको जीवनमा बल्ल हरियाली छाउन थालेको छ ।

मायादेवी गाउँपालिका-५ सेमरनाका जर्नादनप्रसाद चाइको दुई वर्ष मलेसियामा पसिना बगाउँदैमा बित्यो । गरीबीका कारण घर खर्च चलाउन नसकेपछि मलेसियाको बाटो समाएका चाइले त्यहाँ पसिना बगाए पनि खासै राम्रो कमाइ गर्न नसकेपछि घर फर्किए । घर फर्केर हलो र कोदाली बोकी आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि चाइले आम्दानी गर्न थाले ।

‘शुरुशुरुमा तरकारी खेतीबाट खासै राम्रो कमाइ गर्न नसके पनि मैले हिम्मत हारिन’, उनले भने,’कतिले मलाई विदेशमा त कमाउन नसकेको मान्छेले जाबो माटोमा पसिना बगाएर के कमाउला भनेर गिज्याए पनि । तर म आफ्नो काममा लागिरहेँ, अहिले तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेको छ ।’ चाइलाई अहिले तरकारी खेतीमा भ्याइनभ्याइ छ ।

‘करीब लाख रुपैयाँ खर्चेर मलेसिया पुगेका चाइ त्यहाँको एउटा फर्निचर उद्योगमा काम गर्न थालें’, उनले भने, ‘सबै खर्च कटाएर जसोतसो मासिक १५ हजार रुपैयाँ बचाउँथे । राम्रो कमाई हुन नसकेपछि अब आफ्नै गाउँघरमा केही गर्नुपर्छ भनेर दुई वर्षपछि स्वदेश फर्किए ।’ स्वदेश फर्किएर तरकारी खेती गर्ने निधो गरेर त्यसमा लागे र अहिले तरकारी खेतीबाटै राम्रो आम्दानी भइरहेको उनको भनाइ छ । ‘यही माटोमा पसिना बगाउन थालेपछि मैले बुझे विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाउने हो भने पैसा यही फल्दोरहेछ’, उनले भने, ‘विदेश गएपछि बल्ल मलाई चेत आयो । मैले मेरा सन्तानलाई स्वदेशमै परिश्रम गरे पैसा फलाउने माटो चिनाइ दिएँ ।’

भैरहवा लुम्बिनी सडकखण्डको सेमरनामा ६ विगहा जग्गा लिजमा लिएर जर्नादनको परिवारले तरकारी खेती गर्दै आएका छन् । उनले भने, ‘तरकारी खेती हाम्रो पुख्र्यौली पेशा पनि हो ।’ अहिले जर्नादनको खेतबारीमा गोलभेँडा, काँक्रो, करेला लटरम्मै छ । खेतबारीमा फलेको तरकारीसँगै उनको घरपरिवारमा खुशी र सन्तुष्टि पनि छाएको छ ।

तरकारी खेतीका लागि उर्बर जमिन भएपनि प्रयाप्त लगानी नहुँदा उत्पादन बढाउन नसकिएको गुनासो जर्नादनको छ । गाउँपालिकाले कोभिड- १९ को राहत भन्दै रु। २० हजार दिएपनि अन्य सहयोग कतैबाट पाउन नसकेको उनको भनाइ छ । आफ्नो खेतबारीमा उत्पादित तरकारीको बजार अभाव नभएको बताउँदै उनले उत्पादित तरकारी व्यवसायीले बुटवल र भैरहवाबाट गाडी लिएर नै खेतबारीमा आइपुग्छन् भने।

त्यस्तै सिद्धार्थनगरपालिका-९ गोनहियामा साढे चार विगहा जग्गामा तरकारी खेती गर्दै आएका विष्णु आचार्यले पनि मासिक ५०/५५ हजार रुपैयाँ कमाउन विदेशिनु नपर्ने बताए । उनले स्थानीय विन्दावासिनी मन्दिरको जग्गा १५ को वर्षका लागि लिजमा लिएर व्यवसायिक तरकारी खेती गर्दै आएका छन् । उनले भने, ‘कोरोना महामारीको बेला पनि कृषि एम्बुलेन्सले तरकारी खरिद गरेर लगियो । बजारको समस्या हुँदै होइन, उत्पादन बढी गर्नुपर्छ, व्यवसायीले खेतबारीबाट नै तरकारी खरिद गरेर लान्छन् ।’

रुपन्देहीको मर्चवार क्षेत्रको समरीमाई, कोटहीमाई र मर्चवारी गाउँपालिकाको अधिकांश घरपरिवारको मुख्य आम्दानीको स्रोत नै कृषि उत्पादन हो ।