२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि काभ्रेका थप ४ सरकारी कार्यालयको सेवा बन्द

अ+ अ-

काठमाडौं । कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि काभ्रेपलाञ्चोकका थप चार सरकारी कार्यालय अनिश्चितकालसम्मका लागि बन्द गरिएको छ।

बन्द हुने कार्यालयमा वित्तीय, पुनःनिर्माण, उद्योग र स्वास्थ्य रहेका छन्।

कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय अनिश्चितलीन बन्द गरिएको धुलिखेलस्थित घरेलु तथा साना उद्योग कार्यालय प्रमुख केशवप्रसाद पुडासैनीले बताए।

उनले ती कर्मचारीसँग सम्पर्कमा रहेका सबैलाई सतर्क रही कोरोना भाइरस परीक्षण गराउन अपिल गरेका छन्।

‘कार्यालयका हामी सबैले आइतबार नै परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो, संक्रमित कर्मचारी कर फाँटमा कार्यरत रहेकाले उहाँसँग सम्पर्कमा रहनुभएका अन्यलाई पनि तत्कालै परीक्षण गर्न आग्रह गरेका छौँ’ उनले भने।

यस्तै कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सदरमुकाम धुलिखेलस्थित राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वन एकाइ (भवन), राष्ट्रिय वाणिज्य बैंक धुलिखेल शाखा र धुलिखेलस्थित काभ्रेभञ्ज्याङ स्वास्थ्य चौकी अनिश्चितकालका लागि बन्द गरिएका हुन्।

बैंकले भने एक जना कर्मचारीमा संक्रमण देखिएकाले धुलिखेल शाखाका सबै कर्मचारीको पिसीआर परीक्षणको रिपोर्ट नआएसम्मका लागि कार्यालय बन्द गरिएको जनाएको छ।

यसअघि भदौ ३ गते जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोकको आकस्मिक बैठकद्वारा कोरोना भाइरस संक्रमितको सङ्ख्या बढिरहेको जनाउँदै जिल्लास्थित बढी सेवाग्राहीको भीडभाड हुने तीन कार्यालयको सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको थियो।

बन्द गरिएकामा आन्तरिक राजश्व कार्यालय धुलिखेल, जिल्लास्थित मालपोत कार्यालय र नापी कार्यालय हुन्।

केन्द्रले हाल कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेकाले अन्य सेवाप्रदायक सरकारी कार्यालयले सुरक्षाका मापदण्ड अपनाएर सेवा प्रदान गर्नुपर्ने निर्देशन गरेको छ।

साथै सोही मितिदेखि कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थामा मानिसको भीड नियन्त्रण प्रयोजनार्थ अर्को सूचना जारी नभएसम्म दिन बिराएर सेवा सञ्चालन गर्दै आएको जनाएको छ।

काभ्रेपलाञ्चोकमा हालसम्म कोरोना संक्रमित एक महिला र एक पुरुषको मृत्यु भएको छ भने ३२४ मा संक्रमण देखिएको छ।