प्रमुख प्रशासकीय अधिकृतलाई तीन दिन भित्र हाजिर हुन सामान्य प्रशासनको सर्कुलर « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रमुख प्रशासकीय अधिकृतलाई तीन दिन भित्र हाजिर हुन सामान्य प्रशासनको सर्कुलर


प्रशासन सिंहदरवार ब्युरो

२२ भाद्र २०७७, सोमबार


समायोजन

काठमाडौँ । स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई तीन दिन भित्र आ–आफ्नो स्थानीय तहमा हाजिर हुन भनेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै मन्त्रालयबाट सरुवा तथा कामकाजका लागि विभिन्न स्थानीय तह तथा अन्य कार्यालयहरूमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीलाई समयमै हाजिर हुन ताकेता गरेको हो ।

‘खटाइएका प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरू समयमा नै कार्यालयमा हाजिर हुन नगएको/अनुपस्थित भएकोले कार्यालयका दैनिक कामकाजदेखि हाल विश्वभर फैलिई रहेको कोभिड–१९ का कारण गर्नुपर्ने व्यवस्थापन लगायतका कार्यहरू सम्पादन गर्न बाधा परिरहेको हुँदा यो सूचना प्रकाशित भएको मितिले ३ दिनभित्र आ आफ्नो सरुवा–कामकाजको लागि खटाइएको स्थानीय तह तथा कार्यालयहरूमा हाजिर भई त्यसको जानकारी यस मन्त्रालयमा गराउन हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ’ जारी सूचनामा भनिएको छ ।

साथै खटाइएको स्थानमा नजाने कर्मचारीहरूलाई प्रचलित कानुन बमोजिम विभागीय कारबाही गरिनेसमेत मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस