प्रशासन कार्यालय डडेल्धुराले गर्‍यो कर्मचारीको निःशुल्क बिमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रशासन कार्यालय डडेल्धुराले गर्‍यो कर्मचारीको निःशुल्क बिमा


१८ भाद्र २०७७, बिहिबार


डडेल्धुरा । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले प्रशासनमा रहेका सबै कर्मचारीको निःशुल्क कोरोना बिमा गरेको छ ।

सरकारद्वारा नै सबै सरकारी कर्मचारीहरूको निःशुल्क कोरोना बिमा गर्ने नीति अनुरूप प्रशासन कार्यालय डडेल्धुराले पनि कर्मचारीको निःशुल्क कोरोना बिमा गरेको हो ।

प्रशासनमा रहेका १६ जना कर्मचारीहरूको प्रति कर्मचारी १ लाख रुपैयाँ बराबरको निःशुल्क कोरोना बिमा गरेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए ।

यो कार्य अहिले प्रशासनबाट सुरु भएपनि जिल्लामा रहेका अन्य सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूको पनि बिमा गरिने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस