२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेसुङ्गा विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर शिलान्यास

अ+ अ-

तम्घास । कोरोना भाइरस सङक्रमणको प्रभाव रहिरहे पनि गुल्मीको रेसुङ्गा विमानस्थल निर्माणको काम अघि बढेको छ ।

विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावरको आज शिलान्यास गरिएको छ । रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाल र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले संयुक्त रुपमा भवन र टावरको शिलान्यास गरे ।

सो अवसरमा नगरपालिकाका प्रमुख भुसाल र प्रमुख जिल्ला अधिकारी शर्माले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरे । टर्मिनल भवनसहित कन्ट्रोल टावरको नेपाल नागरिक उड्डयन प्राधिकरण एरोड्रो इञ्जिनीयरिङ विभागमार्फत बोकोई श्रेष्ठ कन्स्ट्रक्सन जेभीले निर्माण सम्झौता गरेको हो ।

विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर निर्माणका लागि रु चार करोड ५२ लाख ९ हजार ६ सयमा सम्झौता गरिएको श्रेष्ठ कन्स्ट्रक्सनका व्यवस्थापक हरिकुमार श्रेष्ठले जानकारी दिए । विसं २०७६ चैत ४ गते सम्झौता भएको भवन र टावर निर्माणको काम आगामी २०७८ असोज ३ गते सम्पन्न गर्नुपर्ने छ । कोरोना भाइरस महामारीको नियन्त्रण भए तोकिएको समयमा नै काम सम्पन्न गरिने श्रेष्ठले बताए ।

विसं २०६३ मा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रदीपकुमार ज्ञवालीको कार्यकालमा रेसुङ्गा विमानस्थल निर्माणको योजना बनाइएको हो । विसं २०७२ देखि विमानस्थल निर्माणको काम नियमित भएको छ । पछिल्लो समय मन्त्री ज्ञवालीले विमानस्थल निर्माणको कामलाई विशेष चासोका रुपमा लिएपछि आगामी वर्षसम्म सबै काम सम्पन्न गर्ने गरी तयारी भइरहेको विमानस्थल निर्माण समितिका अध्यक्ष एवम् छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्थले जानकारी दिए।

उनका अनुसार कोभिडको रोकथाम र आफूहरुको सोचअनुसार निर्माण व्यवसायीरुले काम गरे समयमै सम्पन्न हुने छ । विमानस्थल सहायक आयोजना प्रमुख दिनेश परियारका अनुसार अहिलेसम्म जग्गा अधिग्रहण गर्ने, सम्याउने, पर्खाल लगाउने, बाह्य ढल निर्माणलगायत काम सम्पन्न भएका छन् । यसमा रु २१ करोड खर्च भएको छ ।

विमानस्थल निर्माणका हिसाबले आर्थिक तथा भौतिकरुपमा अहिलेसम्म ४५ प्रतिशत काम भएको परियारले बताए । त्यसबाहेक धावन मार्ग, टर्मिनल भवन र कन्ट्रोल टावर निर्माणको काम पनि समयै सम्पन्न हुने विमानस्थल सहायक आयोजना प्रमुख परियारले बताए ।