एयर अरेबियालाई यात्रुको रकम फिर्ता गर्न मन्त्रीको निर्देशन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एयर अरेबियालाई यात्रुको रकम फिर्ता गर्न मन्त्रीको निर्देशन


१७ भाद्र २०७७, बुधबार


काठमाडौं । सरकारले एयर अरेबियालाई यात्रुहरूको रकम फिर्ता गर्न निर्देशन दिएको छ ।

आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नियमित उडानहरूको भाडादर र चार्टर उडानको गुनासोको सम्बन्धमा बसेको बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले २५ अगस्टमा १६१ यात्रु लिएर युएईको सारजाहबाट काठमाडौं आएको १४२ जना यात्रुको रकम फिर्ता गराउन निर्देशन दिएका छन् ।

एयर अरेबियाले १४२ जना पिसिआर गरेको,१८ जना आरडिटी गरेको र एक जना केही पनि नगरेको यात्रु ल्याएर सबैलाई होटेल क्वारेन्टाईनमा राखेपछि सो बापतको रकम फिर्ता गराउन मातहतका निकायलाई निर्देशन दिएका हुन् । मन्त्री भट्टराईले सबै यात्रुबाट होटेल खर्च उठाएको तर पछि यात्रुले नै तिरेको गुनासो आएपछि उक्त रकम रकम फिर्ता गराउन र फिर्ता नगरे कारबाही गर्न समेत निर्देशन दिए ।

अन्तर्राष्ट्रिय नियमित उडानहरू महँगो भएको गुनासो आएपछि मन्त्री भट्टराईले नेपाल वायु सेवा निगमका र हिमालय एयरलाइन्सको उडान भएको सेक्टरहरूमा वायुसेवा निगमले तय गरेको भाडादर अनुसार उडान गराउन विदेशी एयरलाईन्सहरुलाई फलाइट उडान अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिए ।

मन्त्री भट्टराईले टिकटमा ट्राभल्स एजेन्सीहरूले अनियन्त्रित रूपमा कालोबजारी गरेको गुनासो आएपछि एयरलाईन्सहरुले नियन्त्रण गर्नुपर्ने धारणा राख्दै अनुगमन तथा सहजीकरणको लागि विदेशी कूटनीतिक नियोग, गैर आवासीय नेपाली संघसँग (एनआएन)आग्रह गर्नुपर्ने धारणा राखे ।

बैठकले हवाई भाडदारमा कालोबजारी,अपारदर्शिता र अन्य गैरकानुनी मुनाफा कायम गरी भाडादर असुल उपर नगर्न नगराउन सम्बन्धित वायुसेवा कम्पनीहरूलाई सचेत गराउने नियमित उडानमा बजेट एयरले अन्य एयरलाइन्सको भन्दा कम भाडादरमा उडान गर्नुपर्ने,चार्टर उडानको सम्बन्धमा पर्यटन मन्त्रालयले यस अघि तोकेको भाडादर भन्दा बढी नहुने सुनिश्चित गरी उडान सञ्चालन गर्न अनुमति दिने निर्णय गरेका छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस