सहसचिव मनमाया पङ्गेनीलाई नवलपरासी सिडिओमा पदस्थापन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सहसचिव मनमाया पङ्गेनीलाई नवलपरासी सिडिओमा पदस्थापन


१७ भाद्र २०७७, बुधबार


काठमाडौँ । गृह मन्त्रालयकी सहसचिव मनमाया पङ्गेनीलाई नवलपरासी(पूर्व)को प्रमुख जिल्ला अधिकारी(प्रजिअ)मा पदस्थापन गरिएको छ ।

गृह मन्त्रालयले केही अघि दिन अघि मात्रै सरुवा भएर आएकी पङ्गेनीलाई नवलपरासी(बर्दघाट सुस्ता पूर्व) सिडिओ बनाई पठाएसँगै त्यहाँका सिडिओ पीताम्बर घिमिरेलाई रुपन्देही सरुवा गरिएको छ ।

रुपन्देहीका सिडिओ महादेव पन्थ(सहसचिव) प्रदेश नं. ५ को सामाजिक विकास मन्त्रालयमा सरुवा भएसँगै सो पद रिक्त रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस