काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण


१५ भाद्र २०७७, सोमबार


काठमाडौं । काठमाडौंँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रमुख शाक्यको सचिवालयका अनुसार उनको आइतबार स्वाब परीक्षणका लागि दिइएकामा आज सङ्क्रमण पुष्टि भएको हो ।

हाल प्रमुख शाक्य कामपा वडा नं – १९ लगनटोलस्थित निजी निवासमा आइसोलेशनमा रहेका छन् । उनमा कोभिड –१९ का कुनै लक्षण देखिएको छैन ।

उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताइएको छ । उनकी पत्नीको भने रिपोर्ट नेगेटिभ आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस