मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन– ‘कोरोनाबाट जोगिएर काम गर्नु’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन– ‘कोरोनाबाट जोगिएर काम गर्नु’


१५ भाद्र २०७७, सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई कोरोनाबाट जोगिएर काम गर्न निर्देशन दिएका छन् । कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रधानमन्त्री ओलीले आइतबार बसेको मन्त्रिपरिषद बैठकमा मन्त्रीहरुलाई कोरोनाबाट जोगिएर काम गर्न निर्देशन दिएका हुन् ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र रक्षामन्त्री ईश्वर पोखरेल आइसोलेसनमा बसेका थिए । उनीहरु आइसोलेसनमा बसेपछि नेकपा सचिवालय बैठकै रोकिएको थियो । आइतबारको मन्त्रिपरिषद बैठकमा भने उनीहरु उपस्थित भएका थिए । यद्यपि उनीहरुको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ ।

आइतबारको क्याविनेटमा अर्थमन्त्री डा. युवराज खतिवडा भने अनुपस्थित थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस