सैनिक मुख्यालयमा खटिएका एक सैनिकले आफैलाई गोली हानी गरे आत्महत्या « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सैनिक मुख्यालयमा खटिएका एक सैनिकले आफैलाई गोली हानी गरे आत्महत्या


१४ भाद्र २०७७, आइतबार


काठमाडौं । सैनिक मुख्यालय जंगी अड्डामा ड्युटीमा खटिएका एक जवानले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् ।

आज विहान २ः४५ बजे तनहुँ रानीपोखरी स्थायी ठेगाना भएका एक जवानले आफूले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेका हुन् ।

उनले किन आत्महत्या गरेको भन्ने नखुलेको र थप अनुसन्धान भइरहेको बताइएको छ ।

नेपाल प्रहरीले घटनास्थल तथा लास प्रकृति मुचुल्का तयार गरी शव पोष्टमार्टम गर्न त्रि.वि.शिक्षण अस्पतालमा पठाइ सकेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस