२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बलात्कारको अभियोगमा पुजारी पक्राउ

अ+ अ-

बाँके । बाँकेको डुडुवा गाउँपालिका वडा नं ५ कम्दीस्थित हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारका मुजावीर(पुजारी) बलात्कारको अभियोगमा पक्राउ परेका छन् ।

हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारमा लामो समयदेखि पूजापाठसँगै झारफुकसमेत गर्दै आएका पुजारी नजिर मोहम्मद साईले झारफूक गर्ने बहानामा दुई महिलालाई बलात्कार गरेको उजुरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काले जानकारी दिए ।

उनका अनुसार यही भदौ १० गते राति नेपालगञ्जबाट झारफुकका लागि हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारमा पुगेका ३० र २८ वर्षीय दुई महिलालाई रातको समयमा झारफुक गर्ने बाहानामा बोलाएर बलात्कार गरेको जाहेरीका आधारमा उनलाई यही भदौ ११ गते बेलुका पक्राउ गरिएको हो ।

पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कम्दीबाट खटिएको टोलीले ४० वर्षीया साइलाई पक्राउ गरेको थियो । अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए । पक्राउ परेका मजारका मुजावीर ‘मुसे’ बाबाका नामले परिचित छन् । हिन्दू र मुस्लिम समुदायको आस्थाको धरोहरका रूपमा रहेको हजरत कम्मरशाह बाबा दर्गाह सरिफ मजारमा वर्षेनी ठूलो मेला लाग्ने गर्दछ ।