मोरङमा खुकुरी प्रहारबाट एकको मृत्यु, चार घाइते « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मोरङमा खुकुरी प्रहारबाट एकको मृत्यु, चार घाइते


१२ भाद्र २०७७, शुक्रबार


विराटनगर । मोरङको बेलबारी नगरपालिकामा दुई पक्षबीच आज भीडन्त हुंँदा एक जनाको मृत्यु हुनाका साथै चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज अपराह्न १ बजे बेलबारी –५ कसेनी लोहन्द्रा पुलमा सोही स्थान बस्ने ३२ वर्षीय जितेन चौधरी, २५ वर्षीय दिनेश श्रेष्ठ र ३२ वर्षीय सन्तोष मगर तथा सोही स्थान बस्ने ४२ वर्षीय सईकुमार राई, ३५ वर्षीय समुद्र राई र १६ वर्षीय गौरव राईलगायतबीच सामान्य वादविवाद हुँदा खुकुरी प्रहारबाट घाइते भएका ४० वर्षीय चन्द्रकुमार राईको उपचारका क्रममा मृत्यु भएको छ ।

खुकुरी प्रहारबाट घाइते उनको विराट शिक्षण अस्पताल बूढीगङ्गामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।

घाइते सईकुमार, समुद्र र गौरव राईको सोही अस्पतालमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने समूहका जितेनसमेत घाइते भएकामा विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । झगडामा संलग्न अन्य तीन जना फरार रहेकामा खोजतलास भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस