सैनिक अस्पताल छाउनीमा कार्यरत ९ जनामा कोरोना संक्रमण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सैनिक अस्पताल छाउनीमा कार्यरत ९ जनामा कोरोना संक्रमण


प्रशासन संवाददाता

१२ भाद्र २०७७, शुक्रबार


काठमाडौं । नेपाली सेनाको वीरेन्द्र अस्पताल, छाउनीमा कार्यरत ९ जना सैनिक चिकित्सकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमण कसरी फैलियो भन्ने विषयमा नेपाली सेनाको एक विशेष टोलीले अध्ययन गरिरहेको छ । संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा केही समयलाई स्थगित गरेर डिस्इन्फेक्ट गरिएको थियो ।

योसँगै हालसम्म नेपाली सेनाका ४०३ जना संक्रमित भएका छन् । तीमध्ये ११६ जना निको भएर फर्किएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस