नेकपाको सचिवालय बैठक स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेकपाको सचिवालय बैठक स्थगित


१२ भाद्र २०७७, शुक्रबार


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।

शनिबारका लागि बोलाइएको बैठक अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अर्को बैठकको मिति टुंगो नलागेको जानकारी दिए ।

सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादल आइसोलेसनमा बस्नुपर्ने भएकाले भोलि शनिबारको बैठक स्थगित गरिएको हो ।

कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)मा कार्यालय सहयोगीलाई संक्रमण देखिएकाले दुबै नेता होम आइसोलेसनमा बसेको स्रोतले जानकारी दिएको छ । त्यही कारण बैठक १८ गतेलाई सरेको छ ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले दुवै अध्यक्षको सहमतिले बैठक स्थगित भएको जानकारी दिए । उनले कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमका कारण बैठक स्थगित भएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस