झापामा कोरोनाबाट वृद्धको मृत्यु « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

झापामा कोरोनाबाट वृद्धको मृत्यु


१२ भाद्र २०७७, शुक्रबार


झापा । झापाको कमल गाउँपालिका वडा नं ३ केर्खाका कोरोना भाइरसबाट संक्रमित ८३ वर्षीय वृद्धको आज बिहान उपचारको क्रममा धरानमा मृत्यु भएको छ ।

कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले संक्रमण पुष्टि भएका वृद्धको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको बताए ।

झापाको कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । दमकमा यसअघि एक वृद्धको कोरोनाका कारण मृत्यु भएको थियो ।

एक साता अघि उनी नातिनीलाई लिएर मधुमेह जाँचका लागि स्थानीय अस्पताल गएकी थिइन् ।

त्यसपछि पीसीआर परीक्षण गर्दा वृद्ध र उनकी नातिनी दुबैलाई कोरोना संक्रमण पुष्टि भएको थियो । हाल उनकी नातिनी भद्रपुरस्थित मेची अस्पतालको आइसोलेशनमा उपचाररत छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस