विदेशबाट फर्किए ४३७ नेपाली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विदेशबाट फर्किए ४३७ नेपाली


११ भाद्र २०७७, बिहिबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमन र प्रस्थान गरी सात अन्तर्राष्ट्रिय उद्धार उडान भएका छन् ।

यी उडानमार्फत नेपाल आएका यात्रुको सङ्ख्या ४३७ रहेको छ । नेपालबाट ३०० यात्रु र चार बच्चा बाहिरिएको विमानस्थल कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ ।

नेपाल एयरलाइन्सले साउदी अरेबियाको रियादमा १५४ यात्रु र दुई शव काठमाडौँ ल्याएको छ । हिमालय एयरलाइन्सले २६३ यात्रु र चार शव नेपाल ल्याएको छ । त्यस्तै टर्किस एयरलाइन्सले इस्तानाबुलबाट २० यात्रु नेपाल ल्याएको छ भने काठमाडौँबाट २०३ यात्रु र चार बच्चा लिएर उडेको छ ।

आज राति नेपाल एयरलाइन्स मलेसियाको क्वालालम्पुर र हिमालय एयरलाइन्स क्वालालम्पुर र चीनको चोङकीङ्ग प्रस्थान गर्ने तालिका रहेको विमानस्थलले जनाएको छ । शुक्रबार पनि नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र कतार एयरलाइन्सले काठमाडौंका लागि चार उद्धार उडान गर्ने तालिका रहेको छ ।

आज आन्तरिकतर्फ सात वायुसेवा कम्पनीले चार्टर्ड उडान गरे । तारा, सीता तथा मनाङ एयर, श्री एयरलाइन्स र समीट एयरका हेलीकोप्टरले विभिन्न गन्तब्यमा उडान गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस