महेन्द्र श्रेष्ठ कोभिड-१९ को फोकल पर्सन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

महेन्द्र श्रेष्ठ कोभिड-१९ को फोकल पर्सन


प्रशासन संवाददाता

११ भाद्र २०७७, बिहिबार


काठमाडौं । सरकारले कोभिड–१९ को फोकल पर्सनका लागि महेन्द्र श्रेष्ठलाई तोकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आज मन्त्रीस्तरिय निर्णय गर्दै मन्त्रालयका १२ औँ तहका कर्मचारी श्रेष्ठलाई कोभिड-१९ को फोकल पर्सनका रुपमा तोकेका छन् ।

यसअघि श्रेष्ठले कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा मन्त्रालयका तर्फबाट नेतृत्व गरेका थिए ।

उनले स्वास्थ्य सेवा विभागको महानिर्देशक र मन्त्रालयको प्रवक्ताको समेत भूमिका निर्वाह गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस