सवारी दुर्घटनामा एकको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सवारी दुर्घटनामा एकको मृत्यु


११ भाद्र २०७७, बिहिबार


विराटनगर । मोरङमा आज सवारी दुर्घटनाका कारण साइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ११ः०० बजे सुन्दरहरैचा नगरपालिका वडा नं. ६ स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट आइरहेको मोटरसाइकलले ठक्कर दिँदा साइकलमा सवार दुई जना नवराज बराईली र डम्बर श्रेष्ठ तथा मोटरसाइकल चालक जिल्ला बारा सिमरा –८ निवासी ४५ वर्षिय राजकुमार पुलामी सहित तीन जना घाइते भएका थिए ।

घाइते तीनै जनालाई उपचारका लागि विराट नर्सिङ होममा लगिएकामा साइकलमा पछाडी सवार श्रेष्ठको निधन भएको प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

दुर्घटनाका कारण साइकल चालक बराईलीको अवस्था गम्भीर छ भने मोटरसाइकल चालकको अवस्था सामान्य रहेको र साइकल एवं मोटरसाइकल प्रहरीले नियन्त्रण लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस